• Open Hours : Sun - Fri 10:00-5:00

‘शोक वक्तव्य’

काठमाण्डौं पोखराका लागि आइतबार बिहान १०ः३२ बजे ५३ जना नेपाली, ५ भारतीय, ४ रसियन, १ आईरिस, १
अस्टेलियन, १ अर्जेन्टिनी, २ कोरियन र १ फ्रान्सेली नागरिक गरि १५ जना विदेशी तथा चालक दलका ४ सदस्य
सहित उडेको यति एयरलाइन्सको ब्च्त्(ठद्द विमान पोखरा महानगरपालिका वडा नं.७ र १५ को बिचमा पर्ने मितेरी
पुल नजिकैको सेतिखाँचमा भएको अकल्पनीय दुर्घटनाले हामीलाई अत्यन्त दुखितः एवं स्तब्ध बनाएको छ ।
यस दुर्घटनाबाट हामीले विभिन्न क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरु गुमाउन पुगेका छौं । जसका
कारण पोखरा लगायत मुलुक कै निम्ति अपूरणीय क्षति पुगेको छ । शोकको यस घडीमा पोखरा महानगरपालिका
तथा मेरो व्यक्तिगत तर्फबाट घट्नामा परि ज्यान गुमाउने सम्पूर्ण स्वदेशी तथा विदेशी महानुभावहरु प्रति भावपूर्ण
श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।


साथै यस हवाई दुर्घटनाको सूक्ष्म छानविन गरी सत्य, तथ्य पत्ता लगाउन नेपाल सरकार र सम्बन्धित निमायको गम्भिर
ध्यानाकर्षण गराउँदछु ।

शोक वक्तव्य | RKD Holdings Limited
‘शोक वक्तव्य’