About Company

Estd 2073

आरकेडी होल्डिंग्स लिमिटेड अद्यावधिक, गतिशील र बहु आयामिक नवप्रर्वतकिय एक होल्डिङ कम्पनी हो, जुन प्रोजेक्ट बैङ्कको अवधारणा अन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन, लगानी तथा परियोजना व्यवस्थापन (EPCIPM) मार्फत पर्यटन, पूर्वाधार, रोपवे, हस्पिटालिटी, ऊर्जा, सूचना तथा प्रविधि, कृषि तथा मलखाद, स्टिल, खनिज र अन्य औद्योगिक पूर्वाधारजस्ता उच्च सम्भावना भएका क्षेत्रहरूमा रणनीतिक रूपमा क्रियाशील रहेको छ । हामी प्रोजेक्ट बैङ्क मार्फत सतत विकासलाई प्रोत्साहन गर्ने, उद्यमशील कनेक्टिभिटी विस्तार गर्ने र दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ प्रमुख उद्योगहरूको विकासमा लाग्नको लागि प्रतिबद्धतापूर्वक सङ्गठित भएका छौँ।

सम्झनुपर्दछ कि कम्पनी सँग सम्पत्ति को रूपमा रहेको जग्गा जमिन नियमित कारोबारको लागी व्यापारिक मौज्दातको रूपमा राखिएको होइन । यो कम्पनी लगानी एवं प्रोजेक्ट व्यवस्थापन गर्ने सेवामूलक कम्पनी हो भनेर बजारमा आफूलाई प्रस्तुत गरेको छ । अचल सम्पत्ति लाई लगानी ब्याक अप को रूपमा राखेको छ । आवश्यक पर्दा बहुआयामिक ढङ्गले यसको समुचित प्रयोग गर्ने रणनीति पनि बोकेको छ । कम्पनी आफ्नो दृष्टिकोण विकासलाई सतत:”निरन्तर” (Continuous), “लगातार” (Uninterrupted), “सदैव” (Always) वा “अविरल” (Without break) ढङ्गले विकसित एवं परिष्कृत गर्दै आफूलाई अझ व्यापक बनाउने योजना तय गरिसकेकोछ ।

About Us

Our Company

देशले अधिकारको नाममा गरेका सम्पूर्ण आन्दोलनहरू समापन गरेको र आर्थिक अभियान नै अबको एजेण्डा हो भनेर अभिव्यक्त गरेको छ । राष्ट्र र राज्यको यस्तो खालको निष्कर्षलाई नागरिक स्तरबाट नै समर्थन गर्नुपर्दछ, प्रवद्र्धन गर्नुपर्दछ भन्ने निष्कर्षमा हामी केही युवा व्यवसायीहरू पुग्यौँ । ‘राज्यको चाहनाः आम समुदायको चाहना’ सम्बोधन गर्नका लागि सामान्य पहलकदमी र सामान्य बाटोको खाकाले मात्र पुग्दैन । यसका लागि घनीभूत अभियान नै चलाउनु पर्दछ । सो अभियानमा हजारौं व्यक्ति र लगानीकर्ताहरू एकीकृत र समायोजित हुनुपर्छ । बल्ल मात्र सार्थक रूपमा आर्थिक क्रान्तिको बहस छेड्न सकिन्छ भन्ने ठम्याईका साथ २०७२ सालमा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लि. नामको सार्वजनिक कम्पनी स्थापना गर्ने ठोस निचोडमा पुग्यौँ । रियल स्टेटको नामको सार्वजनिक कम्पनी स्थापना र सञ्चालनका आआफ्ना खालका जोखिमहरू थिए । सँगसँगै सार्वजनिक कम्पनीको अभ्याससमेत नगरिएको परिप्रेक्ष्यमा ठूलो बहसको माझ कम्पनी दर्ता भएको थियो । सुरुवातदेखि छलफल गरी केही महत्वपूर्ण साझेदारहरूले सार्वजनिक कम्पनी भनेपछि अगाडि बढ्ने आँट गर्ने कुरैभएन । निजहरूलाई स–सम्मान विदा गर्दैगर्दा केही नयाँ साझेदार साथीहरूले अबको निकास यसैबाट सम्भव छ, फराकिलो आर्थिक दायरा बनाउने नेतृत्वदायी भूमिकासमेत खेल्ने साहस र आँट गर्नुपर्नेछ भन्ने हौसलाका साथ संस्थापक सञ्चालक ९ जना रहेर आरकेडी स्थापना हुन पुगेको थियो । सार्वजनिक कम्पनीको जटिलताका विषयमा जानकार रहँदारहँदै पनि कम्पनीले केही पाउन केही गुमाउन तयार हुनुपर्दछ । हामी अगाडि बढ्न सक्यौं भने आर्थिक अभियान नेतृत्व गर्ने अवसर छ । साथै आर्थिक स्वतन्त्रताको जग बसाउने अवसर पनि रहन्छ । यो अवसर कम्पनीको सफलताले मात्र दिन सक्छ । दुर्भाग्यवश, असफल हुने भनेको पनि वर्तमान अवस्थाभन्दा पनि विकसित हुनु हो भन्ने निष्कर्षमा पुग्यौँ । हामीसँग सामूहिक रूपमा कार्य गरेका इतिहासको अध्ययन,सहकारीमार्फत्पाचौँ हजार व्यक्तिहरूसँग गरेको समझदारी, लगानी र व्यवस्थापनको आफ्नै अनुभव र विकासको सफलताले सहकारीबाट मात्र आर्थिक अभियानको नेतृत्व गर्न सकिँदैन भन्ने ठोस निष्कर्ष निकाली सहकारीसहितको कर्पाेरेट क्षेत्रबाट समृद्धिको अभियान, आर्थिक क्याम्पियन, औद्योगिक क्याम्पियन, उत्पादन क्याम्पियन गराउन सकिन्छ भन्ने कम्पनीको बुझाई हो । यसले मात्र दीर्घकालीन कम्पनीहरू र सयौं सहायक कम्पनीहरूको प्रवद्र्धन गर्दै पर्यटन पूर्वाधार क्षेत्र र आर्थिक उपार्जनको पूर्वाधार निर्माणको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउन सक्छ भन्ने हाम्रो तीव्र चाहना र निष्कर्ष रहेको थियो । यो कम्पनी समूह स्थापना पूर्वको उर्वरभूमि २०६५ साल देखिको श्री बिहानी बचत तथा ऋण सहकारी संस्था लि. को गतिविधिहरूको संश्लेषण हो । कम्पनीका संस्थापक ९ जना सञ्चालक र अधिकांश प्रवद्र्धकहरू समेत निज संस्थामा प्रवद्र्धनका लागि कम्पनीमा सहभागी हुनु यसको गतिलो प्रमाण हो ।

यो कम्पनी समूहको संस्थापनमा सहकारी क्षेत्रको उल्लेखनीय योगदान रहेको छ । साथसाथै श्री बिहानी ५ औं हजार तत्कालीन शेयरधनीहरूको पसिना, मिहेनत र विचार आदर्श समेतले निर्णायक रूपमा भूमिका खेलेको छ । फलस्वरुप सार्वजनिक कम्पनी खोल्ने अवधारणाले मूर्त रूप प्राप्त गर्न सकेको हो । मुख्य सहायक तर निर्णायक निचोडमा पुग्दा यो कम्पनी स्वदेशमा रहने निम्न र मध्यम वर्गका नेपालीजन र विदेशमा पसिना बगाएका निम्न र मध्यम वर्गका प्रवासी नेपालीहरू बिच अनुभव, सिप, श्रम, सामाजिक उद्यम र पँुजीको एकीकृत सम्पादनको अभिव्यक्तिको रूपमा स्थापना भएको हो । सोहीअनुसार संसारभरि आफ्नो उपस्थितिलाई दरिलोदेखिने गरी प्रकाशित गरेको छ । अन्ततः यो कम्पनी समूह समग्र पक्षका व्यवसायिक चाहनाहरू र सबै पक्षहरू समेटिएको नेपाली निम्न मध्यम वर्गको नेतृत्व रहेको बृहत्तर कम्पनी समूह हो । यसको उद्देश्य सामूहिक आर्थिक मुक्ति र राष्ट्रको समृद्धिबाहेक केही पनि रहेको छैन । यो दीर्घकालीन बाटो तय गरेको कम्पनी स्थापना गर्दा कम्पनीका संस्थापक सञ्चालक (१) रामचन्द्र शर्मा (२) किरण पोखरेल (३) रामप्रसाद शर्मा (४)धर्मराज भण्डारी (५) धन प्रसाद पाध्या (६) हरि प्रसाद गौतम (७)अम्बिका प्रसाद पौडेल (८) सन्तोष अधिकारी (९) विष्णु पुन रहनु भएको थियो । आज तिनै ९ जना युवाहरूले स्थापना गरेको कम्पनी यो समूहगत कम्पनीको नेतृत्वदायी स्थानमा हुनु ठूलो गर्व र गौरवको कुरा बन्न पुगेको छ ।

इतिहास दोहोरिँदैन निरन्तर विकास हुने गर्दछ । जसको ज्वलन्त उदाहरण कष्टपूर्ण घडीमा कम्पनीलाई थप उर्जाका साथ नयाँ जीवन दिने एकीकृत साहस नै हो । यसै उद्घोषका साथ कम्पनीले केवलकार बनाउने बृहत्तर उद्देश्यसहित पञ्चासे केलवकार एण्ड टुर्स लि. संस्थापनको कार्यनीति लियो । यो कार्यनीतिलाई सफल बनाउनका लागि चिन्तामणि शर्मा, प्रेम शर्मा सुवेदी, प्रेम गिरी, कमल बस्नेत, कृष्ण बहादुर ढकाल, कृष्ण तिवारी र अमृत पौडेल लगायतको समूहले गतिलो योगदान गरेकोछ । इतिहासको पाइला रोकिँदैन बरु झन्व्यवस्थित बन्दै अगाडि बढ्छ । यही क्रममा पर्यटकीय नगरी बन्दीपुरमा पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना अगाडि बढाउने अवसर पक्रने गरी बन्दीपुर केवलकार प्रा.लि. कम्पनीले प्राप्ति गर्ने सौभाग्य पायो । यस कदममा त्तारानाथ उपाध्याय, कृष्ण अधिकारी, शिव प्रसाद शर्माका साथै स्वदेश र विदेशमा बस्ने नेपाली मनहरूले अभियानलाई थप समृद्ध सुसम्पन्न पार्दै लगेको कम्पनीको विकसित इतिहास आज अझ गर्व गर्नलायक बनेको छ । गर्वमा रमाउनुभन्दा पनि यथार्थ योगदान दिनु आजको आवश्यकता हो भन्ने निष्कर्षमा कम्पनी समूह पुगेको छ । आरकेडी समूह सीमित स्वार्थ र सीमित व्यक्तिहरूको आर्थिक उपाजर्नको साधनको लागिभन्दा पनि समग्र देशलाई उद्वेलित गर्ने अभियान बन्नुपर्छ भन्ने यसको दृष्टिकोण हो । आरकेडी समूह “सामाजिक व्यवसाय” को निर्विकल्प पहिचान हो ।

विवरण रकम (रु.)
जग्गा तथा जग्गा विकास४७०,०५६,६७२/-
पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड८२,११७,५०६.९४/-
बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड३६१,९७२,८००/-
टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड२५३,३३३,२२१.८५/-
बुधिमा छिम्केश्वरी दर्शन प्रा.लि.२३,८८७,६४९.७०/-
वेडिंग प्लाजा प्रा.लि.१८४,३०७,१४३.७०/-
स्काईपिक एड्भेन्चरस पार्क लिमिटेड८४,१२७,१६०/-
बिज बजार लिमिटेड५,३३१,५८३.७८/-
सिद्ध गुफा रोपवे प्रा.लि३२,७१०,७२२.२०/-
शेयर बजार७,०२८,२३७/-
जम्मा १,४६५,८७२,६९८/-


Our strategic pillars

Strategies

दृष्टिकोण

स्वयं र प्रवद्र्धित कम्पनीहरूको लगानी एवं व्यवस्थापनको माध्यमबाट बहुआयामिक लाभ हासिल गर्ने गरी अद्यावधकिय प्रवर्तकित वित्तीय उपकरणहरू र नवप्रवर्तन सोचको अधिकतम खोज गरी तिनीहरूलाई “प्रोजेक्ट सोकेस भण्डार” (बैङ्क) मार्फत अधिकतम उपयोग गर्दै समुदायहरूको सामाजिक आर्थिक परिवर्तनमा योगदान पुर्याउने खालका अत्याधुनिक वित्तीय इन्फ्रास्ट्रक्चर,पर्यटन र वास्तविक क्षेत्रका परियोजनाहरूको विकासमा अग्रणी र विश्वसनीय लगानी एवं व्यवस्थापकीय साझेदार गर्दै, बहुआयामिक ढंगले आर्जित आम्दानी मार्फत शेयर धनीको आर्थिक स्वतन्त्रता सुनिश्चित गर्नु हो।

परिलक्ष्य

मुख्य क्षेत्रहरूमा रणनीतिक वित्तीय तथा विविध सम्पत्ति व्यवस्थापन र परिचालन उत्कृष्टताको माध्यमबाट उत्कृष्ट लगानी प्रतिफल प्रदान गर्ने । उत्पादक मूलक पूर्वाधार विकासमा नवीनता र सतततालाई अनुसरण गर्दै ,सहरी तथा ग्रामीण क्षेत्र बिचको सम्पर्क विस्तार (कनेक्टिभिटी) का लागि प्रभावकारी र निर्बाध समाधानहरू प्रदान गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्ने अनौठा अनुभव र कुशल सेवाहरू सिर्जना गर्दै, अर्काे पुस्ताको लगानी क्षेत्रलाई सशक्त रूपमा समर्थन गर्ने।

मूल्य मान्यताहरु

१. सततता : सम्पूर्ण व्यावसायिक क्रियाकलापहरूमा वातावरणमैत्री अभ्यास र सामाजिक उत्तरदायित्व प्रति दिगो प्रतिबद्धता जनाउने।

२. नवीनता : प्रोजेक्ट बैङ्कको अवधारणा अन्तर्गत इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन, लगानी तथा व्यवस्थापन (EPCIPM) मा देखा पर्ने चुनौतीहरूको समाधानका लागि अत्याधुनिक प्रविधि र रचनात्मक दृष्टिकोणको अवलम्बन गर्ने।

३. उत्कृष्टता : दीर्घकालीन मूल्य सिर्जनामा केन्द्रित रहँदै सम्पूर्ण परियोजनाहरू तथा सहायक र सम्बद्ध कम्पनीहरूमा उच्चस्तरीय गुणस्तर सुनिश्चित गर्ने।

४. सहकार्य : सरकार, निजी क्षेत्र, समुदायहरू र अन्तर्राष्ट्रिय व्यापारिक एवं वित्तीय सङ्घसंस्था सँग सशक्त साझेदारी स्थापना गरी समावेशी र सतत विकासलाई प्रवद्र्धन गर्ने।

उद्देश्यहरु

१. परियोजना सोकेस भण्डार स्थापना गरी उद्योग एवं परियोजनाहरूमा लगानी एवं परियोजनाको शेयर खरिद बिक्री गर्ने।

२. पूर्वाधारसम्बन्धी रोपवे, ई यातायात, पर्यटकीय एवं आवासीय पूर्वाधार, सूचना,सञ्चार तथा प्रविधि, पूर्वाधार, कृषि तथा ऊर्जा पूर्वाधार, होटेल, रिसोर्ट, भिल्ला, व्यापारिक कम्प्लेक्स, कोलोनी, औद्योगिक पूर्वाधार आदि पूर्वाधार निर्माणका जग्गाहरूको विकासको लागि इञ्जीनियरिंग, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन, र आवश्यक पुँजी लगानीको लागी प्रोजेक्ट व्यवस्थापन गर्ने (EPCIPM) प्रकारको सेवा प्रदान गर्ने, प्रोजेक्ट निर्माण पश्चात् आंशिक वा पूर्ण प्रकारले बिक्री वितरणमार्फत मुनाफा आर्जन गर्ने।

३. पर्यटकीय, औद्योगिक तथा अन्य पूर्वाधारसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने, लगानी गर्ने, र प्रोजेक्ट व्यवस्थापन गर्न परामर्श सेवा प्रदान गर्ने।

४. परियोजनाहरूका अंशको फ्री–होल्ड, लिज–होल्ड, लिज र स्वामित्व–होल्ड, लगायतका हाइब्रिड बिक्री योजना अनुरूप “परियोजना सोकेस भण्डार”मा प्रदर्शन गर्ने र परियोजनाहरूको बिक्री वितरण सहित परियोजनाहरूको समग्र निर्माण व्यवस्थापन एवं लगानी साझेदारी समेत गर्ने।

५. सम्पत्ति व्यवस्थापन तथा पर्यटकीय पूर्वाधार विकाससँग सम्बन्धित कम्पनीहरू प्रवद्र्धन तथा संवद्र्धन गर्ने । तिनीहरूको निर्माण क्षेत्रसँग सम्बन्धित परम्परागत तथा अत्याधुनिक मेशिन, उपकरण, स्रोतसाधन र परिवहन साधनहरूमा लगानी गर्ने तथा त्यससम्बन्धी सेवा प्रदान गर्ने।

६. उत्पादक मूलक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जा, मेटल, सूचना तथा प्रविधि, र अन्य वित्तीय प्रकृतिका सहायक, सम्बद्ध तथा संयुक्त उद्यम कम्पनीहरूको प्रवद्र्धन, संवद्र्धन तथा समुचित व्यवस्थापन गर्ने।

उद्देश्यहरु कार्यान्वयन गर्नका लागि यसको नेतृत्व, आर.के.डी. होल्डिंग्स मुख्य क्षेत्रहरूमा गहन विशेषज्ञता भएको अनुभवी नेतृत्व टोलीको नेतृत्वमा सञ्चालित छ । कम्पनीका कार्यकारीहरू सफल व्यवसाय निर्माणको इतिहास भएका उद्योग विशेषज्ञ हुनेछन्, जसले उद्यमी र कर्पोरेट अनुभवको कुशल मिश्रण ल्याउने क्षमता राख्दछन्।

  •  कम्पनीले आफनो दृष्टिकोण र परिलक्ष्य हासिल गर्नगरि स्थापना कालखण्डमा परिस्थिति अनुरुप तयार भई लागू गरिएको सैद्ददांत्तिक दिग्दर्शन (COOP2GOVS) “को–अप२गोभ्स” लाई समय सान्दर्भिक रुपमा विकसित गर्दै, सहायक तथा संबद्ध कम्पनीहरूसँग समेत कारोबार गर्न मिल्ने उपयुक्त संस्थागत कानूनी ढाँचाको संरचनामा रूपान्तरण गर्ने निष्कर्षमा पुगेको छ ।
  •  बिकसित (COOP2GOVS) “को–अप२गोभ्स” को अवधारणाले समग्र देश र अर्थतन्त्रको जग बसाउने आधारस्तम्भ उद्यमशीलताको बिकासकालागी उठेका र उठने तमाम खाले प्रश्नहरुको चुस्त ढंगले उत्तर दिन सक्षम हुनेछ। र कम्पनी समूह लाई एकीकृत र बलियो बनाउने छ ।
  •  कम्पनीले टुरिजम ईन्मेष्टमेन्ट फण्ड लिमिटेडको माध्यमद्वारा वित्तीय उपकरणहरूको अधिकतम प्रयोग गर्दै सहायक, संबद्ध तथा लगानी कम्पनीहरूको प्रवर्धन गर्नेछ । यसमार्फत पूँजीगत लाभ र नियमित लाभांश प्राप्त गर्ने दोहोरो प्रतिफल आर्जन गर्ने रणनीति अंगाल्ने छ ।
  •  यसैगरी कम्पनीले रियल सेक्टर, पर्यटन, हस्पिटालिटी, उद्योग, ट्रेडिङ, सूचना, संचार तथा प्रबिधि, ई–कमर्स, ट्रेडिंग, रोपवे र केबलकार, मेटल एबं स्टील, पूर्वाधार निर्माण, इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कर्पाेरेट व्यवस्थापन, कृषि तथा ऊर्जारहाइड्रो क्षेत्रमा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरी, आफ्नो स्वामित्वमा रहने गरि प्रोजेक्ट सोकेश भण्डार (बैंक) तयार गरि इच्छुक लगानीकर्तालाई मार्जिन राखि परियोजनाहरू बिक्री गर्दछ ।
  •  प्रोजेक्ट सोकेश भण्डार (बैंक) मार्फत बिक्री गरिएका परियोजनाहरूमा टुरिजम ईन्मेष्टमेन्ट फण्ड लिमिटेड मार्फत लगानी गरिनेछ जसले कम्पनीलाई विभिन्न आम्दानी स्रोतहरू सृजना गराउने कार्य गर्दछ ।
  •  कम्पनीले कर्पोरेट अभ्यासमार्फत आर्जित बौद्धिक सम्पत्तिहरू सेवाग्राही कम्पनीहरूलाई बिक्री गरी आयआर्जनको दायरा फराकिलो गर्दै जानेछ ।
  •  बौद्धिक सम्पत्ति बिक्रीको प्रतिफलस्वरूप कम्पनीले ती कम्पनीहरूमा पसिना स्वपूँजी (Sweat Equity) स्वरूप स्वामित्व प्राप्त गर्नेछ, जसबाट नियमित लाभांशको साथै दीर्घकालीन पूँजीगत लाभ प्राप्त गर्ने गरि दोहोरो फाइदा उठाउने रणनीतिक उद्देश्य लिएकोछ ।
  •  स्थानीय विस्तार : नेपालभरीका प्रमुख शहर हरुमा सेवा / उत्पादनको पँहुच बढाउने।
  •  अन्तर्राष्ट्रिय प्रवेश : गैर आवसीय नेपली हरु संग मिलेर सम्बन्धित देशहरुमा पाइलट प्रोजेक्ट सुरु गर्ने ।
  •   ब्रान्डिङ : डिजिटल मार्केटिङ, स्थानीय साझेदारी र ग्राहक बिश्वास निर्माण गर्ने ।

सैद्धान्तिक कार्यक्रम

OIOBSS कार्यक्रम जसको अर्थ हो कम्पनीले कुनै उपयुक्त लगानीकर्तालाई परियोजनाको लागी लगानी प्रस्ताव गर्नेछ, इच्छुक रहेमा लगानीकर्ताको रूपमा परियोजनामा लगानी गराउने छ, लगानी सँगै लगानीकर्ताले कम्पनी सँग लगानी अनुरूपको व्यापारिक सम्पत्ती प्राप्त गर्दछ र सोको स्वामीत्व लिएर सञ्चालन गरे बापत प्राप्त हुने व्यापारको रेभिन्यु कम्पनी सँग शेयर गरी नियमित आमदानी गर्नेछ , लगानीकर्ताले शेयर लगानी गरे बापत नियमित कम्पनी बाट प्राप्त हुने सुविधा, बोनस वा लाभांश पनि लीन पाउनेछ र लगानीकर्ताले भविष्यमा कम्पनीको शेयरको मूल्य वृद्धि हुँदाको बखतको बजारमा बिक्री गर्दा प्राप्त हुन सक्ने पुँजीगत लाभ समेत कम्पनी सँग शेयरिंग गरी लिन पाउनेछ, अझ रुचिकर कुरा यो हुन्छ की, लगानीकर्ताले शेयर बिक्री गरे पनि कम्पनी सँगको व्यापारिक सम्पत्रि लिज उपहार खरिद करार सम्झौता अवधि सम्म कायम नै रहनेछ , र सो बाट प्राप्त हुने नियमित आमदानी समेत खान पाइरहने छन्, यस प्रकारको बहुआयामिक फाइदामूलक कार्यक्रम हो इक्ष्इद्यक्क् ।
जहाँ एक लगानीबाट लगानीकर्ताले चार प्रकारले आम्दानी आर्जन गर्न सक्नेछन् र लगानीकर्ताले आर्थिक स्वतन्त्रता अनुभव गर्न सक्षम हुन जान्छन् । कम्पनीले यस प्रकारको कार्यक्रम सक्रियता पूर्वक कार्यान्वयन गरी यस प्लेटफर्म मार्फत नै कम्पनीले आक्रामक लगानी बिस्तारका कार्यहरू मार्फत आफ्ना लक्ष्यहरू पूरा गर्न लाग्दछ ।

पूर्वाधार विस्तार र व्यवसाय विविधीकरण कम्पनीले प्रोजेक्ट सोकेस भण्डार (बैङ्क) बनाउने र अन्य पूर्वाधार निर्माणमा प्रवेश गर्ने लक्ष्य राखेको छ टाउन प्लानिङ, टुरिजम रियल स्टेट विकास, रोपवे (केबलकार) डिजाइन–निर्माण, आधुनिक कृषि सामग्री, मल खाद, ऊर्जा र ई–कमर्स जस्ता व्यवसायमा पनि भण्डार मार्फत नै बिस्तार र विविधीकरण गर्ने कार्य गर्दछ ।

पुँजी संरचना सुधार र वित्तीय मञ्च कम्पनीले आईपीओ र डिबेञ्चरमार्फत पुँजी जुटाउने योजना अघि बढाइरहेको छ । आईपीओ शेयर सार्वजनिकका लागि प्रक्रिया मा प्रवेश गर्ने निर्णय भइसकेको छ। पुँजी संरचना बलियो बनाउनुपर्ने, ताकि अपेक्षित बृहत् परियोजनाहरूमा लगानी गर्न सकियोस् भन्ने ढङ्गले लाग्ने छ ।

  •  ‘Zero Accidents’ नीति पालन गरेर कार्यस्थल सुरक्षा सुनिश्चित गर्ने, कर्मचारीका दक्षता र करियर विकासमा लगानी गर्ने लक्ष्य राखिएको छ ।
  •   पर्यावरण र सामाजिक तत्वप्रति सचेत हुन ‘Going Green’ रणनीतिलाई जोड दिइएको छ ।
  •  कम्पनीका अधिकृत स्तरका पेशेवर अधिकारीहरू को लागी Employee Sweat Share Ownership Plan (ESRP) “कर्मचारी पसिना शेयर स्वामित्व करण योजना”, र अन्य कर्मचारीहरुको लागी Employee Share Reservation Plan (ESRP) “कर्मचारी शेयर आरक्षण योजना” को कार्यविधि तयार गरी अविलम्ब कार्यान्वयनमा ल्याइनेछ । जसबाट कम्पनी र कर्मचारीहरुको भविष्य सुनिश्चित गर्दछ ।

  •  कम्पनीले जोखिम नियन्त्रणमा विशेष जोड दिन्छ र यसबाट जोखिम–समायोजित प्रतिफल प्राप्त गर्ने रणनीति बनाउने छ ।
  •  शेयरधनीका लागि आर्थिक लाभप्रति केन्द्रित भएर पुँजी संरचना र विकास रणनीति तयार गरिरहने छ ।