• Open Hours : Sun - Fri 10:00-5:00

पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेड

पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेड पाँचौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना !!!
यस कम्पनीको मिति २०७९/०९/०५ मा बसेको संचालक समितिको बैठकको निर्णयनुसार यस कम्पनीको
पाँचौँ वार्षिक साधरण सभा देहायको मिति, समय र स्थानमा निम्न लिखित प्रस्ताव उपर छलफल गरी
निर्णय गर्नको लागि बस्ने भएको हुदा सम्पुर्ण शेयरधनी महानुभावहरुको जानकारीको लागि यो सूचना
प्रकाशित गरिएको छ ।
१. सभा हुने मिति, समय र स्थानः
मिति ः २०७९ पौष २९ गते शुक्रबार (जनवरी–१३, २०२३)
समय ः बिहान ११ बजेदेखि
स्थान ः शान्तिनगर बैङक्यूट्र (बराल पेट्रोल पम्प संगै) मासबार, पोखरा
२. छलफलका विषय सूचीहरुः
(क) सामान्य प्रस्तावः
१. अध्यक्षज्यूले पेश गर्नु हुने आ.व. ०७८/७९ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने सम्बन्धमा ।
२. आ.व. २०७८/७९ को लेखा परीक्षकको प्रतिवेदन अनुमोदन गर्ने सम्बन्धमा ।
३. आगामी वर्ष २०७९/८० को निम्ति लेखा परीक्षकको नियुतिm र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा।
(ख) विशेष प्रस्तावः
१. कम्पनीको नियमावलीको नियम ९ मा भएको अग्राधिकार शेयर सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धमा ।
२. डिबेञ्चर जारी गर्ने सम्बन्धमा ।
३. संचालक समितिको अध्यक्षता प्रबन्ध संचालकबाट हुने व्यवस्था मिलाई आवश्यक प्रबन्धपत्र तथा
नियमावली संशोधन गर्ने सम्बन्धमा ।
(ग) संञ्चालक समितिको निर्वाचन
(घ) विविध ।