Message from President
“स्थानीय सम्भावना देखि विश्वव्यापी अवसर सम्म: एक खर्ब रुपैयाँ अर्थतन्त्र निर्माणको कालजयी यात्रा–प्रारम्भ”
आदरणीय सभाका प्रमुख अतिथिज्यू, कम्पनीका संचालक एंव पदाधिकारीज्यूहरू, सम्पूर्ण शेयरधनी महानुभावहरू, व्यवस्थापन समूह तथा सम्पूर्ण कर्मचारी पङ्क्ति, लेखापरिक्षक तथा पत्रकार मित्रहरु,यस आर.के.डी. होल्डिंग्स लिमिटेडको नवौं वार्षिक साधारण सभामा यहाँहरू सबैलाई म हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु । नमस्कार !
आजको यो सभा हाम्रो कम्पनीको नियमित प्रक्रियाको एउटा अंश मात्र होइन – यो एउटा कोसेढुङ्गा हो । यो त्यो यात्राको लेखाजोखा गर्ने अवसर हो जुन सीमित स्रोत, स्पष्ट दृष्टिकोण र दृढ आत्मविश्वासबाट सुरु भई आज बहुआयामिक लगानी समूहको रूपमा स्थापित भएको छ । स्थापना र अहिलेको अवस्था सम्मको बिबेचना गर्दा, २०७३ सालमा नौ जना संस्थापक सदस्यहरूको साझा सपना, २० करोड रुपैयाँको प्रारम्भिक पूँजी र उद्यमशील नेपाल निर्माणको एक अभियानका रूपमा आर.के.डी. होल्डिंग्स लिमिटेडको स्थापना भएको थियो ।
