• Open Hours : Sun - Fri 10:00-5:00

Message from President

आदरणीय आरकेडी होल्डिंग्स लिमिटेडका छैठौँ वार्षिक साधारणसभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथि महानुभावहरू कम्पनीका सञ्चालक एवम् पदाधिकारीहरू, सम्पूर्ण सेयरधनी महानुभावहरू, पत्रकार मित्रहरू, व्यवस्थापन समूह र कर्मचारीहरूमा हार्दिक अभिवादन टक्य्राउँदछु ।

मान्यजनज्यूहरू,

आरकेडी होल्ङिंग्स लिमिटेड मानिसहरूका शुुषुुप्त सपनालाई सतहमा ल्याउन उदाहरण बन्ने बाटोमा तल्लीन छ । लगानीकर्ताहरूमा आधारभूत परिवर्तन र आर्थिक स्वतन्त्रता सम्भव छ भन्ने कुरामा आरकेडी विश्वास राख्दछ । आजको समाजमा सामूहिक प्रणालीगत व्यावसायिक गतिविधिले मात्र समग्र देशमा परिवर्तन र समाजलाई आर्थिक रूपमा सशक्तीकरण गर्न सक्दछ । पहुँचविहीन र निराश बनेका तथा बनाइएका, एवम् अवसरको खोजीमा रहेका व्यक्तिहरूसम्म पुगेर हरेक मानिसहरूलाई सबै कुरा कर्मबाटै सम्भव छ भन्ने कुरा व्यावहारिक रूपमा बुझाउने दिशामा आरकेडी होल्ङिग्ंस प्रयत्नशील छ । नौजवानहरूका सपना, धर्मराएका कदम, व्यक्तिहरूका आँफैभित्र दमित योेजनाहरू आमरूपमा लागू गर्न कम्पनीले उपयुक्त मौका खोजिरहेको छ । अतिरिक्त पुँजीको सिर्जना र त्यसको परिचालन र लगानी गर्दै लगानीकर्तामाझ नै महान् परिवर्तन दिने लक्ष्यमा कम्पनी धेरै अगाडि बढिसकेको छ । कामबाट नै अभिव्यक्त गर्ने कम्पनीको अवस्था दुनियाँले बुझ्न सक्ने गरी प्रस्तुत भइरहेको छ । रणनीति, तथ्यांक र परिणाम, कम्पनी व्यवस्थापनका कोर मूल्यमान्यताहरू हुन् । यी मूल्यमान्यता अङ्गीकार गर्दै कोप्स टु गोभ्स (Coop2Govs) आधारभूत सिद्धान्त र आदर्शलाई सही ढंगले लागू गरी सफल बनाउने काम भइरहेको छ । नेपाली व्यवसायको गम्भीर समीक्षासहित नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउने जिम्मेवारी पूरा गर्न सक्ने बृहत प्लेटर्फम बनाउने योेजनामा कम्पनी तल्लीन छ । इतिहासको गम्भीर अध्ययन एवम् चिन्तन, वर्तमानमा संकटपूर्ण आर्थिक अवस्थाको विश्लेषण र भविष्यको आकलन एवम् कार्यान्वयन गर्न सक्ने हैसियतमा मौलिक सिद्धान्त लागू गर्दै कम्पनीले आफूलाई थप विकसित र समृद्ध गर्दै लगिरहेको छ । दुरगामी दिशाबोध गर्न सक्ने, लगानीकर्ताहरूलाई आम सन्तुष्टि र आर्थिक स्वतन्त्रता दिन सक्ने गरी अन्तर्राष्ट्रिय अभ्यास, नेपाली व्यावसायिक इतिहासको समीक्षाका साथै नेपाली विशेषतासहितको मौलिकताको झल्कने गरी कम्पनीले सघन रूपमा कार्यसम्पादनको काम गरिरहेको छ । ‘कोप्स टु गोभ्स’ सिद्धान्तलाई लागू गर्न आरकेडी होल्ङिग्ंसको नेतृत्वमा दीर्घकालीन लक्ष्यका साथ मुख्य सहायक कम्पनी, सहायक कम्पनी र कम्पनीहरू स्थापना हुँदै गइरहेका छन् । यी कम्पनीहरूले पस्किएको प्रगतिले भावी पिँढीका लागि समेत महत्वपूर्ण दिग्दर्शनको संकेत गरेका छन् ।

 

More Info