• Open Hours : Sun - Fri 10:00-5:00

Message From Chairman

आदरणीय आर.के.डी. होल्डिंग्स लिमिटेडका सातौँ वार्षिक साधारण सभाका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथि महानुभावहरू, कम्पनीका सञ्चालक एवम् पदाधिकारीहरू, सम्पूर्ण सेयरधनी महानुभावहरू, पत्रकार मित्रहरू, व्यवस्थापन समूह र सम्पूर्ण कर्मचारी पङ्क्तिप्रति हार्दिक अभिवादन अर्पण गर्दछु।

मान्यजनज्यू,

आर.के.डी. होल्डिंग्स लिमिटेडलाई सूक्ष्म रूपमा बुझ्न लाग्ने हो भने यस कम्पनी आम मानिसहरूमा रहने गरेका सुषुप्त सपनालाई मूर्त रूप दिनका लागि सामूहिक प्रयत्न गर्ने दिशामा तल्लीन रहिरहेको आभास हुनुपर्दछ । तसर्थ कम्पनीका लगानीकर्ताहरू माझ आर्थिक सवलीकरण भएको आधारभूत परिवर्तनको अनुभूति गराएपश्चात् मात्र आर्थिक स्वतन्त्रता प्राप्त हुन सक्ने प्रबल सम्भावना रहन्छ भन्ने कुरामा कम्पनी लगानीकर्ताहरू माझ नै अटल विश्वास सिर्जना गराउन चाहन्छ ।

कम्पनीको स्पष्ट मान्यता छ, अहिलेको नेपाली समाज सामूहिक एवं प्रणालीगत व्यावसायिक गतिविधिले आर्जित, आभास गर्न सकिने प्रतिफलको माध्यमबाट मात्र सचेत हुन सक्दछ । यसले समग्र देशमा आर्थिक परिवर्तन र समाजलाई व्यवहारिक रूपमा सशक्तीकरण गर्न सक्दछ ।

पहुँच नभएको एवम् निराश तथा पिछडिएको महसुस गर्ने तर सुनौलो अवसरको खोजीमा भौँतारि रहेका नेपाली वर्गसम्म कम्पनी पुग्नैपर्छ। साथै सबैले सपना बुन्न लाग्नैपर्छ भन्ने प्रकारले अपील गर्नु नै छ र त्यसलाई निरन्तरको कर्मबाट मात्रै साकार गर्न सकिन्छ भनेर उदाहरणीय भूमिका खेल्नु पर्ने कुरालाई कम्पनीले कर्तव्य ठान्नु पर्दछ । अविरल सङ्घर्षको कारखाना नै सफलताको स्रोत हो भन्ने कुरा उदाहरणीय रूपमा बुझाउने दिशामा आर.के.डी. होल्डिंग्स अझ प्रयत्नपूर्वक लाग्नु पर्नेछ।

आज देशमा नियोजित रूपमा फैलाएर जबरजस्त फैलिरहेको निराशाको खेतीमाथि कम्पनीले सचेत एवं फलदायी लडाइँ लड्नु छ । यसका लागि अभियानमूलक औद्योगिक रूपान्तरणको आवश्यकता भइसकेको छ । अब पुँजी निर्माण, अतिरिक्त पुँजीको सिर्जना र त्यसको परिचालनमार्फत अतिरिक्त औद्योगिक कम्पनीहरूको प्रवद्र्धन, साथसाथै न्यायोचित प्रतिफलको संवद्र्धन एवं वितरण गर्दै पुनःलगानीको वातावरण सिर्जनाको लागि प्रोत्साहित गर्दै, सापेक्षिक लगानी गर्दैगएर आम लगानीकर्तामाझ नै उनीहरूको सोचमा गहन परिवर्तन दिने भिजनमा कम्पनी स्पष्ट हुनु पर्दछ ।

कार्यसम्पादनबाट नै दुनियाँले उठाउन थाल्ने सस्ता प्रश्नहरूको सही जवाफ कम्पनीले दिने दृष्टिकोण अँगाल्नु पर्दछ । रणनीति, कार्यनीति, तथ्याङ्क र परिणाम कम्पनी व्यवस्थापनका मुख्य मूल्यमान्यताहरू हुन् जुन कम्पनीले अविचलित रूपमा अनुसरण गर्दै अगाडि बढ्नु पर्दछ ।

नेपाली व्यवसायको समग्र पाटा संलग्न यात्राको गम्भीर समीक्षासहित देशलाई आर्थिक रूपमा समृद्ध बनाउने सङ्कल्प हामीले गर्नु पर्दछ । यस्तो किसिमको जिम्मेवारी पूरा गर्न सक्ने ल्याकत बोकेको बृहत् प्लेटफर्म बनाउने योजना रहेकोमा कम्पनी सफलताको सन्निकट पुग्नुको विकल्प छैन ।

इतिहासको गम्भीर अध्ययन एवं चिन्तन, सङ्कटपूर्ण आर्थिक अवस्थाको गतिविधिहरूको सटिक विश्लेषण र भविष्यमा समेत स्वाभाविक एवं अस्वाभाविक रूपमा आइपर्न सक्ने सङ्कटको विविधीकरण, सोको धैर्यपूर्वक गरिने निवारणको तौरतरिका एवं जुनसुकै परिस्थितिसँग जुध्न सक्ने बलियो हैसियत र खुराकसहितको मौलिक वैचारिक सोच एवं सिद्धान्त बारेमा लगानीकर्ताले गहन ढङ्गले बुझ्नु पर्दछ । कम्पनीले प्रतिपादन गरेको “कोप टु गोभ्स” सिद्धान्तका आधारभूत मर्म, मान्यता, लक्ष्य र आदर्शलाई सही ढङ्गले लागू गर्न र निरन्तर यसको अद्यावधिक गर्दै निद्रामा मस्त रहेको दुनियाँलाई व्युझाउन समेत लागि पर्नु नै पर्दछ । यसो गर्दा समग्र लगानीकर्ता, रुपान्तरणको दृष्टिकोण बोकेको हाम्रो जस्तो कम्पनी, समाज र राष्ट्रलाई समेत समानुपातिक आर्थिक टेवा पुग्न जानेछ ।

यसरी अगाडि बढ्न कम्पनीले आफूलाई थप विकसित र समृद्ध गर्दै सशक्त रूपमा अघि लगिरहनेछ । कम्पनीले दूरगामी एवं अर्थोपार्जनको दिशाबोध गर्न सक्ने सपना कार्यान्वयनमा ल्याउन अनुसन्धान, विकास र प्रयोगमा उल्लेखनीय शक्ति खर्चिनेछ । “लगानीकर्ताहरूको आम सन्तुष्टिमार्फत सिर्जित आर्थिक स्वतन्त्रता” कम्पनीको कोर मूल्य एवं मान्यता रहेको सन्दर्भमा ‘कोप टु गोभ्स’ सिद्धान्त जुन मानिसहरू एक आपसमा उद्यममूलक हातेमालो गरेर सबैले जित्न सकिन्छ भन्ने नै छ, त्यसले कम्पनीलाई थप बृहत्तर र समृद्ध बनाउने नै छ ।

यसलाई कार्यान्वयन गर्न आर.के.डी. होल्डिंग्सको नेतृत्वमा दीर्घकालीन लक्ष्यका साथ सहायक कम्पनी, सहायक कम्पनीको समेत सहायक कम्पनीहरु र सम्बद्ध कम्पनीहरू एवं संयुक्त उद्यम स्थापना गर्दै प्रतिफलका लागि आवश्यक तयारी समेत गर्दै गइरहनु पर्दछ । यी कम्पनीहरूले पस्किएको र पस्किन सक्ने प्रगतिले भावी पिँढीका लागि समेत महŒवपूर्ण दिग्दर्शनको सङ्केत कम्पनीले गर्नु पर्दछ ।

मुख्य कुरा त विचार र सोको आधारमा तय गरिने योजना हो । योजनामा आधारित निर्देशित पुँजी र त्यसको परिचालनमार्फत आर्जित आर्थिक प्रतिफल नै आर्थिक स्वतन्त्रता प्रदानको दृष्टिकोण कार्यान्वयन गर्ने आधारहरू हुन् भन्नेमा कम्पनी सचेत रहनु पर्दछ । कम्पनीमा हजारौँ व्यक्तिहरूको सहभागिता अभूतपूर्व र भव्य छ, अब यो उत्तिकै शान्तिशील, आनन्दमय र गर्विलो समेत हुनुपर्दछ ।

संसारभरका नेपालीहरू माझ जताततै कम्पनीको सघन उपस्थिति छ र गरे सकिन्छ है भन्ने गगनभेदी उद्यमी आवाजहरू कल्पनाबाहिरकै कुरा जसरी गुञ्जने कुरा कम्पनीको स्वाभिमानको प्रतीकको रूपमा बुझ्नु पर्दछ, साथै आम लगानीकर्ताहरूको शिरको सुनौलो तिलक हो भनेर यही रूपमा सजाउन समेत सक्नु पर्दछ । जुन जुन देशहरूमा नेपालीहरू कार्यरत छन्, ती सबै देशहरूमा रहेर नेपालीहरूको आर्थिक व्यवस्थापनको सेवा गर्न सक्ने एवं अन्तर्राष्ट्रिय औद्योगिक पुँजी सिर्जनाको आधिकारिक प्लेटफार्मको रूपमा रहने गरी अन्तर्राष्ट्रिय इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने गरी संसार भरी शाखा तथा शाखारहित आधिकारिक सेवा प्रवाह गर्न कम्पनीले गम्भीरतापूर्वक पहलकदमी लिनु पर्दछ ।

संसारभरि रहेका नेपालीहरु बिच सहकार्य गर्ने कदमले ती देशहरुमा समेत उद्यम सिर्जना हुने जसबाट प्रत्येक नेपालीको शिर उच्च बन्न सक्दछ । त्यहाँमार्फत सिर्जित पुँजी, सिप, प्रविधि र ज्ञानले नेपालको औद्योगिक वातावरण तयार हुनेगरि नयाँ अवसरहरुको ढोका समेत राम्रोसँग खुलाउने छ । कम्पनीप्रति विश्वास गर्ने वा नगर्ने पक्ष, मन पराउने वा नपराउने पक्ष नै किन नहुन् उनीहरुप्रति खास रुचि राख्नुहुँदैन तर सबै क्षेत्रमा कम्पनीको चर्चा गराउने कुराले पक्कै पनि कम्पनीको गुरुत्वाकर्षण बढेको सजीव प्रमाण आम रूपमा दिइरहन सक्नु पर्दछ ।

कम्पनीले ठोस रूपमा भौतिक, नैतिक र आर्थिक शक्ति आर्जन गरिरहँदा यसको विकासलाई अझ मूर्त रूप दिन सेयरधनीलाई मनग्य मुनाफा वितरण गर्न लाग्नु पर्दछ भन्ने कुरा कम्पनीले स्पष्टताका साथ बुझ्नु जति महŒवपूर्ण हुन्छ, वैज्ञानिक एवं व्यावहारिक हिसाबमा सन्तुष्टि दिने गरी सघन परामर्श र बहसमा कम्पनी र लगानीकर्ताहरू एक साथ केन्द्रित हुँदै जाने र दुबै पक्षले जितेको महसुस गर्न सक्नु पर्दछ । यस प्रकारका कुराहरुप्रति गम्भीरता पूर्वक दुवै पक्षले बुझ्नका लागि समन्वय भावका साथ सघन पहल गर्न पनि त्यतिकै महŒवपूर्ण ठान्नु पर्दछ ।

मान्यजनज्यू,

कम्पनीले २० वर्षे दीर्घकालीन रणनीतिक व्यावसायिक योजना अन्तर्गत लगातार तीन आर्थिक वर्ष गुजार्दासम्म आर्थिक मन्दीको बाबजुद पनि लक्ष्य अनुरूप नै कार्यसम्पादन गरिरहेको छ । मुनाफा आर्जन र यसको वितरण, कम्पनीको नेटवर्थमा स्तरोन्नति, सेयरको फ्युचर भ्यालुको आधार, भविष्यमा हुन सक्ने हरेक अवस्थाको मूल्याङ्कन समेत सही रूपमा सम्पादित हुँदै “गएको विश्लेषण गरिनु र आर्थिक सङ्कटका बाबजुद पनि कम्पनी आफूलाई जबरजस्त स्थापित गर्न लाग्नु पर्छ भन्ने मनोविज्ञान वास्तवमा नै विवेचनायोग्य मान्नु पर्दछ । अझ, लक्षित परिणाम पनि यसरी नै प्राप्त भइरहनुले थप प्रभावकारी तवरले अगाडि बढ्ने आधारहरू बलियो बन्दै गइरहेको प्रतीत हो भन्ने ठान्नु पर्दछ ।

कम्पनीले प्रस्ट भनेको थियो कि, आफ्नो भाग्य र भविष्यको अविच्छिन्न फैसलाका लागि धैर्यसहितको परिवर्तन अपरिहार्य हुनपर्छ । जसको लागि सिस्टम अनिवार्य सर्त हुन्छ । त्यस प्रकारको सिस्टम बनाउन केही समय पर्खनु पर्ने कम्पनी र लगानीकर्ताको नियति नै हो। त्यसैले हामीले अझ पनि केही वर्ष धैर्यधारण गर्नु नै पर्दछ, सुझबुझपूर्ण दृष्टिकोण सबैले बनाउनु एवं अपनाउनु पर्दछ । कम्पनी र लगानीकर्ता बिचको विश्वासले मात्र यो प्रक्रियालाई पूर्णता दिन सघाउनेछ । जहाँबाट हामी अजय बन्न सक्छौँ। यही नै हाम्रो वर्तमान आर्थिक अवस्था बदलिदिने आधार हुनेछ । अनि मात्र आर्थिक स्वतन्त्रताको पहिलो पाइला पार हुनेछ भनेर बुझ्न पनि ढिला गर्नु हुँदैन ।

आदरणीय सेयरधनीज्यूहरू,

हिजो हामीले मिलेर लगानी गरेका थियौँ, आज त्यस लगानीबाट ठुलाठुला कार्य थालनी समेत गरिसक्यौँ र फाइदा पनि लिन सक्ने सङ्घारमा प्रवेश गर्न केही कदम मात्र दूर रहेका छौँ। यो परिघटनाको विकास र गतिको संस्थागत हुँदै गर्दा हरेक सेयरधनीले आफ्नो ठाउँमा रहेर कम्पनीका योजना र कार्यक्रमहरूलाई सहयोग गर्न तम्तयार हुनुपर्दछ । सङ्कल्पका साथ कम्पनीमा सबैले उत्तिकै अपनत्व र जवाफदेहिता प्रकट गर्नुपर्दछ । हामी सबैले प्रतिफल प्राप्त गर्ने एक मात्र आधार यही नै हो भन्ने कुरामा स्पष्ट हुनुका साथ साथै परिस्थितिप्रति गम्भीरतापूर्वक ख्याल समेत राख्नुपर्दछ ।

कम्पनीले व्यावसायिक मुनाफालाई आफ्नो प्रमुख रणनीतिक कार्यसूचीमा राखेर, यसमा नै आफ्नो जीवन र भविष्य खोज्न थाल्नु नै सुखद छ । जोखिम न्यूनीकरणका प्रमुख सूचकाङ्कलाई मुद्दा बनाएर कम्पनीले दीर्घकालीन विकास कोष, जोखिम कोष, सेयरधनी कल्याणकारी कोष, लगायतका विकास कार्यक्रमलाई सेयरधनीको हित र कम्पनीको दिगो आर्थिक विकास लक्ष्य प्राप्त गर्ने उद्देश्यसहित थालिएका वैज्ञानिक कार्यक्रमभित्र समेटिनु पर्दछ । ती कार्यक्रमबाट लाभ लिन लगानीकर्ता समेत सक्रिय रूपमा लाग्नु पर्दछ । यस्ता कार्यक्रमहरूको प्रवद्र्धन र संवद्र्धन गर्ने दायित्व अब सेयरधनीहरूको काँधमा आइसकेको छ भनेर बुझ्न पनि ढिला गर्नु हुँदैन ।

मान्यजनज्यूहरू,

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको बृहत् पर्यटकीय पूर्वाधारको निर्माण, व्यवस्थापन र सञ्चालनबाट कम्पनीको लागि समेत ख्याति र मुनाफा आर्जन गर्ने अवस्थाको कार्यान्वयनमा कम्पनी लाग्नु पर्दछ । अर्कोतर्फ रियल स्टेटमार्फत बृहत् जग्गा कारोबार तथा आवास कार्यक्रम सञ्चालनमा ल्याउन इलमी (लगानी एवं जग्गा प्राप्ति गुरुयोजना पहल) कार्यक्रमलाई परिष्कृत गर्दै थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्दछ । यस प्रकारका कार्यक्रमहरूबाट मुनाफा आर्जन गर्ने रणनीतिक योजनामा कम्पनी केन्द्रित हुँदै जानु पर्दछ ।

सहायक कम्पनीहरूमार्फत् बृहत्तर आर्थिक उपार्जनका लागि बृहत्तर र एकीकृत कार्यक्रमहरू थप व्यवस्थित रूपमा निरन्तर अगाडि बढाइरहनु पर्दछ । कम्पनी हरेक क्षेत्रको व्यापार र व्यवसायसँग सम्बन्धित रहने गरी रणनीतिक दिशा तय गर्दै अगाडि बढ्नु पर्दछ । मुख्य गरी कम्पनी अब उत्पादनमूलक र निर्यातमुखी उद्योग स्थापनाको रणनीतिक अध्ययनमा लाग्नु पर्दछ ।

व्यावसायिक रणनीतिक योजनाको एक वर्ष व्यतीत गरिसक्दा आगामी ९ वर्षभित्र प्रत्येक प्रदेशमा कम्पनीले होटेल, केवलकार लगायतका विविध पर्यटकीय पूर्वाधार विस्तारमा लगानीको लागि जोड दिनै पर्दछ । अझ मुख्यतया निर्यातमुखी, कृषिजन्य, स्टिलजन्य, लगायतका उद्योग स्थापना गर्ने, नेपालीहरु कार्यरत रहेका देशमा समेत उद्योग सिर्जना गर्ने गरी समग्रतामा अनुमानित एक खर्ब नेपाली रूपैयाँको लगानी परिचालनसहित आर्थिक कारोबार गर्नको लागि नेतृत्व लिने रणनीतिक योजनामा कम्पनी केन्द्रित हुनुपर्दछ । यसको लागि कम्पनीले ठोस रणनीतिक मार्गदर्शन निर्माण गरिसक्नु पर्नेछ । बृहत्तर पुँजीको निर्माण र सम्पादन गर्ने विषयमा कम्पनीले सघन अध्ययन र अवलोकन पनि एकसाथ गरिरहनुपर्छ । उद्योग स्थापना र लगानी सम्बन्धी कम्पनीको नीति ‘ अतिरिक्त कम्पनी अतिरिक्त साझेदारी’ नै हुनुपर्दछ । यस नीति बमोजिम ‘अतिरिक्त लगानीकर्ताको अतिरिक्त कम्पनीको अविभाज्य मोडलमा’ कम्पनीले दशौँ अर्ब रूपैयाँको समूहगत एवं विधागत लगानी गर्ने र सोको परिचालनमार्फत प्रतिफलको सुनिश्चितता गर्न सक्ने एजेन्डामा केन्द्रित हुनु पर्नेछ ।

कम्पनीको ख्याति र प्रगतिलाई उत्पादनमूलक ढङ्गबाट फाइदा उठाउनका लागि कम्पनी लाग्ने छ । निर्माण र उद्यम सिजना आइडिया भण्डारको स्थापना गर्ने र यिनीहरुको इभेन्ट म्यानेजमेन्टमार्फत प्रत्यक्ष मुनाफा, पसिना सेयरको आर्जन समेत गर्ने गरी बृहत्तर रणनीतिक उद्यमकोष बनाउने तयारी गरी यसको सटिक ढङ्गले लागु गर्ने दिशामा कम्पनी युद्धस्तरमा लाग्नु पर्नेछ ।

आदरणीय सेयरधनीज्यूहरू,

होल्डिंग कम्पनीको हैसियतमा आफ्नै नेतृत्वमा विविध विधाका कम्पनीहरू प्रवद्र्धन गरी अविभाज्य मोडलमा सञ्चालन गर्नुपर्छ भनेर बृहत्तर सिद्धान्त तयार भई लागु समेत भइरहेको सन्दर्भमा समय र प्रविधिलाई चिन्ने र बुझ्ने सवालमा एक कदम अघि रहेर नियमित अद्यावधिक हुने कुरामा कम्पनी अभैm अब्बल हुनुको विकल्प छैन ।

कम्पनीको भिजन स्पष्ट छ, लगानीकर्ताको आर्थिक सबलता एवं स्वतन्त्रता नै यसको गन्तव्य हुनु पर्दछ । सहायक कम्पनी र सहायक कम्पनीहरुका पनी सहायक कम्पनीहरुको समेत अन्योन्याश्रित र अविभाज्य व्यावसायिक कार्यक्रम, व्यावसायिक कार्यनीति र व्यावसायिक दीर्घकालीन रणनीतिको आधारमा आर्जित लगानीयोग्य पुँजी नै गुणात्मक फाइदा उठाउन सक्ने बनाउनु नै कम्पनीको उपयुक्त रणनीति निष्कर्ष हनु पर्दछ । लगानीकर्ताले यो पनि बुझ्नु पर्दछ कि, प्रत्येक पाइला चालिरहँदा प्रतिकूलताहरू पनि सँगसँगै आउने गर्दछन्। कम्पनी प्रतिकूलताभित्र अनुकूलता खोज्ने र सम्भावनाको प्रशोधन गर्ने कुरामा अभ्यस्त भइसकेको छ । यो यसै सम्भव भएको भने पक्कै होइन । एकातिर हरेक सेयरधनीको लगानी, त्याग, तपस्या, धैर्य र विश्वास तथा अर्कोतिर यी तत्त्वहरूको आडमा भइरहेको नियमित मेहनतले यसलाई सम्भव हुन भरपुर सघाएको पनि छ । निरन्तर मेहनत गर्ने इच्छाशक्तिकै कारणले हामीलाई जोखिम न्यूनीकरण गर्न सक्ने गरी रणनीतिक कोष बनाउने ठोस चेतना प्रदान गरेको छ । कम्पनीलाई इच्छाशक्ति राख्नेहरूका लागि असम्भव भन्ने केही पनि होइन भन्ने कुराको उदाहरण बन्नु छ । दुनियाँको अगाडि हाम्रो स्वाभिमान र मेहनतको फल देखाउन मिल्ने मञ्च बनाउनु पर्नेछ । एक पटक जुरुक्क उठेर यस्ता सङ्कल्प मात्र गर्ने हो भने पनि हामी सबैले एकसाथ जितिरहेको महसुस गर्न सक्नेछौ। यसर्थ समग्र उद्यमको प्रवद्र्धनात्मक सहयोगी संस्था जसले उद्यमी र उद्यम सिर्जना एवं विकासको लागि देशभित्र र बाहिर व्यापक बहस पैरवी गर्ने छ । यस्तो संस्था (आरएआइडियन्स) को रुपमा संस्थापना गरिने छ । यस संस्था मुनाफा वितरण नगर्ने प्रकृतिको विशुद्ध सामाजिक उद्यमको रुपमा व्यापक तवरले बजारमा आफ्नो प्रस्तुति दिनेछ ।

अन्त्यमा,

कम्पनीलाई यो स्थानसम्म पु¥याउन महŒवपूर्ण भूमिका खेल्नुभएका लगानीकर्ता, सञ्चालक समिति, सल्लाहकार, लब्ध प्रतिष्ठित व्यक्तित्वहरू, सरकारी निकायका व्यक्तित्वहरू, सिङ्गो कर्मचारी पङ्क्ति, शुभचिन्तक, पत्रकार मित्रहरू लगायत सम्पूर्णप्रति हार्दिक आभार एवं धन्यवाद अर्पण गर्दछु।

जय आर.के.डी. !

रामचन्द्र शर्मा

अध्यक्ष

आर.के.डी होल्डिंग्स लिमिटेड