
Message From Chairman
आदरणीय आरकेडी होल्डिंग्स लिमिटेडका छैठौँ वाषिक साधारण सभाका प्रमूख अतिथिज्यू, विशिष्ट अतिथि ज्यू, अतिथि महानुभावहरु कम्पनीका सञ्चालक एवं पर्दाधिकारीहरु, सम्पूर्ण शेयर धनी महानुभावहरु, पत्रकार मित्रहरु व्यवस्थापन समूह र कर्मचारीहरुमा हार्दिक अभिवादन टक्रयाँउदछु ।
मान्यजनज्यूहरू,
आरकेडी होल्ङिंग्स लिमिटेड मानिसहरूका शुुषुुप्त सपनालाई सतहमा ल्याउन उदाहरण बन्ने बाटोमा तल्लीन छ । लगानीकर्ताहरूमा आधारभूत परिवर्तन र आर्थिक स्वतन्त्रता सम्भव छ भन्ने कुरामा आरकेडी विश्वास राख्दछ । आजको समाजमा सामूहिक प्रणालीगत व्यावसायिक गतिविधिले मात्र समग्र देशमा परिवर्तन र समाजलाई आर्थिक रूपमा सशक्तीकरण गर्न सक्दछ । पहुँचविहीन र निराश बनेका तथा बनाइएका, एवम् अवसरको खोजीमा रहेका व्यक्तिहरूसम्म पुगेर हरेक मानिसहरूलाई सबै कुरा कर्मबाटै सम्भव छ भन्ने कुरा व्यावहारिक रूपमा बुझाउने दिशामा आरकेडी होल्ङिग्ंस प्रयत्नशील छ ।
नौजवानहरूका सपना, धर्मराएका कदम, व्यक्तिहरूका आँफैभित्र दमित योेजनाहरू आमरूपमा लागू गर्न कम्पनीले उपयुक्त मौका खोजिरहेको छ । अतिरिक्त पुँजीको सिर्जना र त्यसको परिचालन र लगानी गर्दै लगानीकर्तामाझ नै महान् परिवर्तन दिने लक्ष्यमा कम्पनी धेरै अगाडि बढिसकेको छ । कामबाट नै अभिव्यक्त गर्ने कम्पनीको अवस्था दुनियाँले बुझ्न सक्ने गरी प्रस्तुत भइरहेको छ । रणनीति, तथ्यांक र परिणाम, कम्पनी व्यवस्थापनका कोर मूल्यमान्यताहरू हुन् । यी मूल्यमान्यता अङ्गीकार गर्दै कोप्स टु गोभ्स (Coop2Govs) आधारभूत सिद्धान्त र आदर्शलाई सही ढंगले लागू गरी सफल बनाउने काम भइरहेको छ ।
नेपाली व्यवसायको गम्भीर समीक्षासहित नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउने जिम्मेवारी पूरा गर्न सक्ने बृहत प्लेटर्फम बनाउने योेजनामा कम्पनी तल्लीन छ । इतिहासको गम्भीर अध्ययन एवम् चिन्तन, वर्तमानमा संकटपूर्ण आर्थिक अवस्थाको विश्लेषण र भविष्यको आकलन एवम् कार्यान्वयन गर्न सक्ने हैसियतमा मौलिक सिद्धान्त लागू गर्दै कम्पनीले आफूलाई थप विकसित र समृद्ध गर्दै लगिरहेको छ । दुरगामी दिशाबोध गर्न सक्ने, लगानीकर्ताहरूलाई आम सन्तुष्टि र आर्थिक स्वतन्त्रता दिन सक्ने गरी अन्तर्राष्ट्रिय अभ्यास, नेपाली व्यावसायिक इतिहासको समीक्षाका साथै नेपाली विशेषतासहितको मौलिकताको झल्कने गरी कम्पनीले सघन रूपमा कार्यसम्पादनको काम गरिरहेको छ । ‘कोप्स टु गोभ्स’ सिद्धान्तलाई लागू गर्न आरकेडी होल्ङिग्ंसको नेतृत्वमा दीर्घकालीन लक्ष्यका साथ मुख्य सहायक कम्पनी, सहायक कम्पनी र कम्पनीहरू स्थापना हुँदै गइरहेका छन् । यी कम्पनीहरूले पस्किएको प्रगतिले भावी पिँढीका लागि समेत महत्वपूर्ण दिग्दर्शनको संकेत गरेका छन् ।
मुख्य कुरा विचार र योजना हो । विचारमा आधारित पुँजी र त्यसको परिचालन नै आर्थिक स्वतन्त्रताका आधारहरू हुन् भन्नेमा कम्पनी सचेत छ । हजारौँ व्यक्तिहरूको सहभागिता अभूतपूर्व छ । संसारभरका नेपालीहरू, देशभित्र जताततै कम्पनीको सघन उपस्थिति र गगनभेदी उद्यमी आवाजहरू गुन्जिन पुग्नु सामान्य हिसाबले कल्पनाबाहिरकै कुरा हो । यसमा कम्पनी सफल हुँदै गइरहेको छ । हामीलाई विश्वास गर्ने वा नगर्ने पक्ष, मन पराउने पक्ष हुन् या नपराउने पक्ष नै किन नहुन्, सबै क्षेत्रमा हाम्रो सिद्धान्त र मोडलको चर्चा हुनुले पक्कै पनि कम्पनीका गुरुत्व विस्तारित भएको सजीव प्रमाण पेस गरिरहेको छ । ठूलो भौतिक, नैतिक र आर्थिक शक्ति आर्जन गरिरहँदा यसको विकासलाई अझ मूर्त रूप दिन सेयरधनीलाई मनग्य मुनाफा वितरण गर्न, निजहरूलाई वैज्ञानिक एवम् व्यावहारिक हिसाबमा सन्तुष्टि दिने गरी सघन परामर्श र बहसमा कम्पनी केन्द्रित हुँदै गएको छ ।
मान्यजनज्यू ,
लगानीकर्ताहरूले अब व्यक्तिगत रूपमा कम्पनीमा अपनत्व ग्रहण गरेर हरेक इभेन्ट र आर्थिक गतिविधिमा सहभागी भई प्रतिफल उपभोग गर्न युद्धस्तरमा लाग्नु पर्ने बेला आएको छ । दुवै पक्षको अन्योन्याश्रित कारोेबारको बलमा मात्र हामी दुवै पक्ष विजेता बन्न सक्नेछौँ । यो मामिलामा हामी, हाम्रा सन्तति र नयाँ पुस्तामा आशा र उत्साह सञ्चार गर्ने कुरासँग सम्बन्ध राख्ने हैसियत बनाउनेतर्फ लाग्नु पर्दछ ।
कम्पनीको २० वर्षे दीर्घकालीन रणनीतिक योेजनाका अन्तर्गत दुई आर्थिक वर्ष लक्ष्यअनुरूप नै कार्य सम्पादन भएको छ । मुनाफा आर्जन र वितरण, कम्पनी सेयरको फ्यूचर भ्यालु, भविष्यमा हुन सक्ने हरेक अवस्थाका मूल्यांकनसमेत सही रूपमा पस्कन सकेको प्रमाणित हुँदै जान थालेको छ । आर्थिक संकटका बाबजुद कम्पनीको अभियान जबर्जस्त आफूलाई स्थापित गर्ने मनोविज्ञानमा केन्द्रित छ । परिणाम पनि त्यसरी नै प्राप्त नै भइरहनुले अगाडि बढ्ने आधारहरू बलियो बन्दै गइरहेको प्रतीत हुन्छ ।
परिवर्तन र आफ्नो भाग्य र भविष्यको अविछिन्न फैसलाको लागि सिस्टम अनिवार्य शर्त हुन्छ । त्यस प्रकारको सिस्टम बनाउन केही समय गुजार्न पर्ने हाम्रो नियति हो । अझ पनि धैर्य गर्नुपर्दछ, सुझबुझपूर्ण दृष्टिकोण सबैले बनाउनु पर्दछ । हामीबीचको विश्वासले मात्र यो प्रक्रियालाई पूर्णता दिन सघाउन सक्दछ र हामी विजेता बन्न सक्छौँ । यही नै हाम्रो वर्तमान आर्थिक अवस्था बदलिदिने आधार होे र आर्थिक स्वतन्त्रताको पहिलो पाइला हो भनेर बुझ्न ढिला गर्नु हुँदैन ।
आदरणीय सेयरधनी ज्यूहरू !
हिजो हामीले मिलेर लगानी गर्यौं , कम्पनी बन्यो । यसबाट ठूलाठूला काम गर्न सकिन्छ र फाइदा पनि लिन सकिन्छ भन्ने बुझियो । यो परिघटना विकास र संस्थागत हुँदै गर्दा हरेक सेयरधनीले आफ्नो ठाँउमा रहेर कम्पनीका योेजना र कार्यक्रमहरूलाई सहयोेग गर्न लाग्दा यसको फाइदा हामीलाई नै प्राप्त हुन जान्छ । संकल्प गर्नुपर्दछ, कम्पनीमा सबैको उत्तिकै अपनत्व र जवाफदेहिता हुनुपर्छ । हामी सबैको प्रतिफलको आधार यही हो ।
व्यावसायिक मुनाफालाई आफ्नो प्रमुख रणनीतिक कार्र्यसूचीमा राख्नु पर्दछ । यसमा नै आफ्नो जीवन र भविष्य खोज्न थाल्नु पर्दछ । जोखिम न्यूनीकरणका प्रमुख सूचकाङ्कलाई मुद्दा बनाएर कम्पनीले दीर्घकालीन विकास कोष, जोखिम कोष, सेयरधनी कल्याणकारी कोष, सेयर तथा जग्गा प्राप्ती गुरुयोजना ‘सलामी’ सेयरधनी जग्गा विकास कार्यक्रमलगायतलाई सेयरधनीको हित र कम्पनीको दिगो आर्थिक विकास लक्ष्य प्राप्त गर्ने उद्देश्यसहित थालिएका वैज्ञानिक कार्यक्रम हुन्, जुन आज लागू गरिरहेको छ । ती कार्यक्रमबाट फाइदा लिन लगानीकर्तासमेत प्रमुख रूपमा लाग्नु पर्दछ । यस्ता कार्यक्रमहरूको प्रर्वद्धन र संर्वद्धन गर्ने दायित्व अब सेयरधनीहरूको काँधमा आइसकेको छ भनेर बुझ्न ढिला गर्नु हुँदैन ।
मान्यजन ज्यूहरू !
मुख्य सहायक कम्पनी टुरिजम इन्भेस्टमेन्ट फन्ड लिमिटेडमार्फत पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडको नेतृत्वमा बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको बृहत पर्यटकीय पूर्वाधारको निर्माण र सञ्चालनबाट मुनाफा आर्जन गर्ने अवस्था छ । अर्कातर्फ रियल इस्टेटमार्फत बृहत जग्गा कारोेबार तथा आवास कार्र्र्यक्रम सञ्चालनमा ल्याउन इलमी र सलामी कार्यक्रम प्रस्तुत गरिसकेको छ । यस कार्यक्रमबाट मुनाफा आर्जन गर्ने रणनीतिक योजनामा कम्पनी केन्द्रित छ ।
बिज बजार लिमिटेडमार्फत बृहत्तर आर्थिक उपार्जनका लागि ई–कमर्सको बृहत्तर र एकीकृत कार्र्र्यक्रमहरू अगाडि बढाइरहेको छ । कम्पनी हरेक क्षेत्रको व्यापार र व्यवसायसँग सम्बन्धित रहने गरी रणनीतिक दिशा तय गर्दैछ । मुख्य गरी कम्पनी अब उत्पादनमूलक र निर्यातमुखी उद्योग स्थापनाको रणनीतिक अध्ययनमा लागिसकेको छ ।
आगामी १० वर्षभित्र प्रत्येक प्रदेशमा कम्पनीले होटल, केवलकारलगायतका पर्यटकीय पूर्वाधार विस्तारमा जोड दिने छ । मुख्यतया निर्यातमुखी उद्योग स्थापना गर्ने गरी १ खर्ब नेपाली रूपैयाँँ परिचालन / कारोबार गर्न नेतृत्व लिने रणनीतिक योजनामा केन्द्रित भइसकेको छ । बहुचर्चित प्रथम आरकेडी लिडरसिप क्लोज क्याम्प मार्फत जारी गरिएको दामन घोषणापत्र र सौराहामा आयोजित दोस्रो आरकेडी लिडरसिप क्लोज क्याम्पमार्फत जारी गरिएको सौराहा घोषणापत्रले यसको लागि रणनीतिक मार्ग निर्माण गरिसकेको अवस्था छ ।
लगानीकर्ताहरू जहाँ छन्, त्यहाँ त्यहाँ अब उनीहरूले नै कारोेबार गरी फाइदा उठाउन सक्ने वातावरण तयार पारिँदै लगिएको छ । बृहत्तर पुँजीको निर्माण र सम्पादन गर्ने विषयमा कम्पनीले सघन अध्ययन र अवलोकन पनि एकसाथ गरिरहेको छ । उद्योग स्थापना र लगानीसम्बन्धी कम्पनीको नीति ‘अतिरिक्त कम्पनी अतिरिक्त साझेदारी’ नै हो । यस नीति बमोजिम ‘अतिरिक्त लगानीकर्ताको अतिरिक्त कम्पनीको अविभाज्य मोडलमा’ कम्पनीले दशौँ अर्ब रूपैयाँँ लगानी गर्ने र सो को परिचालन गर्न सक्ने एजेन्डामा केन्द्रित भएको छ ।
कम्पनीको प्रख्याती र प्रगतिलाई उत्पादनमूलक ढंगबाट फाइदा उठाउनका लागि इभेन्ट म्योनजमेन्टमार्फत मुनाफा, सेयरका रूपमा आर्जन गर्ने गरी रणनीतिक कोष बनाउने तयारी गरी लागू गर्ने दिशामा कम्पनी गइसकेको छ ।
आदरणीय सेयरधनीज्युहरू !
हिजो हामी कठिन अवस्थामा गुज्रिरहेका थियौँ । त्यस्तो चुनौतीपूर्ण अवस्थामा समेत पब्लिक कम्पनी बनाएर रियल इस्टेटको कारोबारलाई हामीसँग जोडेर हाम्रो नाममा इतिहास बनाएका छौँ । आफ्नै नेतृत्वमा कम्पनीहरू प्रवद्र्धन गरी अविभाज्य मोडलमा सञ्चालन गर्नुपर्छ भनेर बृहत्तर सिद्धान्त नै प्रतिपादन गर्यौं । समय र प्रविधिलाई चिन्ने र बुझ्ने सवालमा, अद्यावधिक हुने सवालमा हामी अब्बल छौँ भन्ने कुरा यसले पुष्टि गरेको छ ।
हाम्रो भिजन स्पष्ट छ, आर्थिक स्वतन्त्रता नै हाम्रो गन्तव्य हो । मुख्य सहायक कम्पनी र सहायक कम्पनीहरूका अविभाज्य कार्यक्रम , व्यावसायिक कार्यनीति र व्यवसायिक दीर्घकालीन रणनीतिले उपयुक्त निष्कर्षमा पुर्याउने हाम्रो रणनीति हो । बुझेका छौँ, प्रत्येक पाइला अगाडि बढिरहँदा प्रतिकूलताहरू पनि सँगसँगै आउने गर्दछन् । कम्पनी प्रतिकूलताभित्र अनुकूलता खोज्ने र सम्भावना प्रशोधन गर्न कुराको जानकार बनिसकेको छ ।
यो यसै सम्भव भएको पक्कै होइन, हरेक सेयरधनीको लगानी, त्याग, तपस्या, धैर्य र विश्वास एकातर्फ छ भने अझै मुख्य कुरा त यिनीहरूका आडमा भइरहने निरन्तरको मेहनतले यसलाई भरपुर सघाएको छ । मेहनत गर्ने इच्छाशक्तिकै कारण हामीलाई जोखिम न्यूनीकरण गर्न सक्ने गरी रणनीतिक कोष बनाउने ठोस चेतना प्रदान गरेको छ । इच्छाशक्ति राख्नेहरूका लागि असम्भव भन्ने केही पनि होइन भन्न सक्ने ठाउँमा हामी चाँडै पुग्नु छ । संसार गर्नेहरूकै हो । मिलेर काम गर्नेहरूको हो । धैर्य रहन सक्नेहरूको हो । भ्रमले होइन अठोटले, वचनले होइन कर्मले, अलमलका साथ होइन विजेताको मोडमा हामी अझ सशक्त भएर लाग्नुकोे विकल्प छैन । योे नै हाम्रो रणनीतिक अभीष्ट पूरा गर्न आधारस्तम्भ हो । दुनियाँको अगाडि हाम्रो स्वाभिमान र मेहनत देखाउन सक्ने मञ्च हो । एकपटक जुरुक्क उठेर यस्ता संकल्प गरौँ, ‘जहाँ हामीले सबैले एकसाथ जितिरहेको महसुस गर्न सकौँ’।
अन्त्यमा, कम्पनीलाई योे अवस्थासम्म ल्याइ पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने शुभचिन्तक, पत्रकार, लब्धप्रतिष्ठित व्यक्तित्वहरू, सरकारी निकायका व्यक्तित्वहरू, सेयरधनी, कर्मचारी, कम्पनी सल्लाकार, सञ्चालकलगायत सम्पूर्णप्रति हार्दिक आभार एवम् धन्यवाद अर्पण गर्दछु ।
जय आर.के.डी !
टक्य्राउँदछु ।
रामचन्द्र शर्मा
अध्यक्ष
आरकेडी होल्ङिग्ंस लिमिटेड